नेपला प्रहरी सेवामा रहने समुह र दर्जा समबन्धी जानकारी

परिच्छेद–२: प्रहरी सेवामा रहने समूह


प्रहरी सेवामा देहाय बमोजिमका समूहहरू रहने छन्:–

(क) जनपद प्रहरी समूह ।
(ख) प्राविधिक प्रहरी समूह ।

उपनियम (१) को खण्ड (ख) बमोजिमको समूहमा अनुसूची-१ मा उल्लेख भए बमोजिमका उपसमूह रहनेछन् ।


श्रेणी र पद:

प्रहरी सेवामा देहायका श्रेणीहरू हुने छन्:-

(क) राजपत्राङ्कित ।
(ख) राजपत्र अनङ्कित ।



राजपत्राङ्कित श्रेणीमा देहायका पदहरू रहने छन्:-


(क) विशिष्ट श्रेणी

  • प्रहरी महानिरीक्षक
    • धानको बाला भित्र खुकुरी क्रस र २ तारा
  • प्रहरी अतिरिक्त महानिरीक्षक
    • धानको बाला भित्र खुकुरी क्रस र १ तारा


(ख) प्रथम श्रेणी

  • प्रहरी नायव महानिरीक्षक
    • धानको बाला भित्र खुकुरी क्रस
  • प्रहरी वरिष्ठ उपरीक्षक
    • खुकुरी क्रस र ३ तारा


(ग) द्वितीय श्रेणी

  • प्रहरी उपरीक्षक
    • खुकुरी क्रस र २ तारा
  • प्रहरी नायव उपरीक्षक
    • खुकुरी क्रस र १ तारा


(घ) तृतीय श्रेणी

  • प्रहरी निरीक्षक
    • खुकुरी क्रस


राजपत्र अनङ्कित श्रेणीमा देहायका पदहरू रहने छन् :


(क) प्रथम श्रेणी

  • प्रहरी नायव निरीक्षक
    • २ तारा


(ख) द्वितीय श्रेणी

  • प्रहरी सहायक निरीक्षक
    • १ तारा


(ग) तृतीय श्रेणी

  • प्रहरी हवल्दार
    • कुममा ३ धर्के फित्ता


(घ) चतुर्थ श्रेणी

  • प्रहरी जवान
    • कुममा रिबन


(ङ) श्रेणी विहीन

  • प्रहरी कार्यालय सहयोगी वा सो सरह
    • दर्ज्यानी चिन्ह बिहिन

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र पद दर्ता: 

प्रहरी प्रधान कार्यालयले मन्त्रालयबाट स्वीकृति लिई प्रहरी सङ्गठनभित्र कुनै नयाँ कार्यालय स्थापना गर्नको लागि सङ्गठन संरचना तयार गर्दा, नयाँ दरबन्दी सिर्जना वा तत्काल कायम रहेको सङ्गठन संरचना र दरबन्दीमा हेरफेर गर्दा कार्यक्रम, कार्य बोझ, आर्थिक तथा अन्य दायित्व, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध मानवस्रोत, लागत प्रभावको विश्लेषण तथा नवीन प्रविधिको अवलम्बन गरी कारण र औचित्य समेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्नेछ ।

उपनियम (१) को प्रयोजनको लागि देहाय वमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछः

(क) सहसचिव, मन्त्रालय - अध्यक्ष
(ख) प्रहरी नायव महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक, अन्वेषण तथा योजना निर्देशनालय, प्रहरी प्रधान कार्यालय - सदस्य
(ग) अधिकृत प्रतिनिधि, सामान्य प्रशासन मन्त्रालय - सदस्य
(घ) अधिकृत प्रतिनिधि, अर्थ मन्त्रालय - सदस्य
(ङ) प्रहरी महानिरीक्षकले तोकेको राजपत्राङ्कित प्रहरी कर्मचारी - सदस्य सचिव

उपनियम (२) बमोजिमको समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मूल्याङ्कन गरी मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई दरबन्दी सिर्जना वा खारेज गर्ने स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।

प्रहरी प्रधान कार्यालयले यस नियम बमोजिम सङ्गठनको स्वरुप तयार गर्ने, संगठन संरचना वा दरबन्दीमा हेरफेर वा नयाँ दरबन्दी सृजना वा खारेज गर्ने स्वीकृति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दर्ताको लागि प्रहरी किताबखानामा लेखी पठाउनु पर्नेछ ।

उपनियम (४) बमोजिम विवरण प्राप्त भएपछि प्रहरी किताबखानाले विवरण अद्यावधिक गरी सो को जानकारी सात दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयलाई पठाउनु पर्नेछ ।

पदपूर्ति गर्न नहुने: प्रहरी कितावखानामा दर्ता नगरी प्रहरी सेवाको कुनै पनि पद पूर्ति गरिने छैन ।

प्रहरी महानिरीक्षक प्रहरी सङ्गठनको प्रमुख रहने:

प्रहरी महानिरीक्षक नेपाल प्रहरीको सङ्गठन प्रमुखको रूपमा रहनेछ र निजले ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको अधीन तथा मन्त्रालयको प्रत्यक्ष निर्देशन, नियन्त्रणमा रही प्रहरी प्रशासनको प्रमुखको रुपमा कार्य सम्पादन गर्नेछ ।

कार्यालय र कार्यालय प्रमुख सम्बन्धी व्यवस्था:

मन्त्रालय मातहत प्रहरी प्रधान कार्यालय र सो अन्तर्गत नियम ५ को अधीनमा रही नेपाल सरकारले आवश्यकता अनुसार स्थापना गरेका प्रहरी कार्यालय, कार्यालय प्रमुख र कार्यालयहरूको आदेशको श्रृङ्खला (चेन अफ कमान्ड) सम्बन्धी विवरण अनुसूची - २ मा उल्लेख भए बमोजिम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post